बैशाख , काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले  चण्डेश्वरी आधारभुत बिधालयका  ७७ जना बालबालिकाहरुलाइ बिधालय पोशाक बितरण गरेको छ ।
शनिवार धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा १० , श्री चण्डेश्वरी आधारभुत बिधालयमा अध्यनरत ७७ जना बालबालिकालाई करिब १ लाख २५ हजार रुपैयाँ  बराबरको ७७ जोर छालाजुत्ता, ७७ जोर बिधालय पोशाक र २३१थान कपि कलम बितरण गरेको छ । लामो समयदेखि सेवा नै धर्म हो भन्ने मुल मन्त्र लिएर सामाजिक सेवामा अग्रसर रहेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारका अध्यक्ष माधव शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, शिक्षक शिक्षिका, बालबालिकाहरु सहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बिधालयका प्रधानअध्यापक तोयानाथ पाठाकले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ग्रामीण भेगका रहेका बिपन्न परिवारका बालबालिका हरुको शिक्षामा महत्त्वपूर्ण सहयोग पुर्याउदै आएको सामाजिक  कामको प्रशंसा गर्नुभयो । साथै पछिल्लो समय सरकारी बिधालयमा शिक्षाको गुणस्तर खस्कदै गएको अबस्थामा गुणस्तर बृदिको लागि सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । कोरोना माहामारीमा सामाजिक कार्य गर्ने उद्देश्य लिएर स्थापना भएको गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा  मिलिजुली परिवारले हाल सम्म ६३ औ सहयोग हस्तान्तरण कार्य सम्पन्न गरिसकेको  मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बिपन्न परिवारका बालबालिकाहरुलाइ सहयोग हस्तान्तरणको लागि  हालसम्म महत्त्वपूर्ण योगदान पुर्याउनु हुने कोशेली छालाजुत्ता उद्योगका संचालक रबिन कुमार श्रेष्ठ र उषा श्रेष्ठलाई बिशेष धन्यवाद दिनुका साथै कार्यक्रममा आर्थिक  सहयोग पुर्याउने रारा सैंजु, मान थापा, ज्ञान बहादुर लामा र अमृता भट्टराईलाई  धन्यवाद दिनुभयो । त्यस्तै कार्यक्रममा सहयोग पुर्याउने दिपु उप्रेती, भोजराज खडका, सुमन थापा, सोनिया चामलिङ राई, लक्ष्मी बस्नेत, पुर्णिामा श्रेष्ठ, अप्सरा थापा, सि पि अर्याल, हेम अबिरल, बर्षा बस्नेत, सीता ढकाल,सिर्जना खडका र  भवानि शर्मालाई धन्यवाद दिनुभयो ।
त्य्स्तै सहयोग पुर्याउने सम्झना गौतम, शानु शर्मा, सुवास श्रेष्ठ, गोमा रिजाल, नारायण न्यौपाने,संगिता खनाल,सरिता बस्नेत,रेणु पाण्डे, रामचन्द्र अधिकारि,रुपना कार्की, राधिका पाण्डे, सन्तोष बगाले अजय पाण्डे र बिणा पौडेललाई धन्यवाद दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार