भद्रपुर (झापा): झापाको भद्रपुरमा सञ्चालित ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको उपाधिका लागि भोलि वैशाख १४ गते दुई विभागीय टोलीहरू सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। नेपालकै महिला फुटबल इतिहासमा सर्वाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगिताको फाइनल खेल हुनुपूर्व आज स्थानीय एअरपोर्ट होटलमा प्रि-म्याच कन्फ्रेन्स आयोजना गरिएको थियो। उक्त कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि हात पार्नका लागि मैदानमा कुनै कसर बाँकी नराख्ने उद्घोष गरे।

​त्रिभुवन आर्मी क्लबका प्रशिक्षक राजु लामा र कप्तान सुनिता चौधरीले टोलीको तयारी उत्कृष्ट रहेको भन्दै उपाधि जित्ने दाबी प्रस्तुत गरे। त्यसैगरी एपीएफका प्रशिक्षक जिवेशकुमार पाण्डे र कप्तान अनिता बस्नेतले पनि विपक्षी टोलीको चुनौतीलाई चिर्दै ट्रफी उचाल्नेमा आफूहरू ढुक्क रहेको बताए। पत्रकारहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिँदै दुवै टोलीले भोलिको खेल निकै प्रतिस्पर्धात्मक हुने संकेत गरे। आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले प्रतियोगितालाई यहाँसम्म पुर्‍याउन सञ्चारकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै फाइनल खेलमा पनि उत्तिकै सक्रियताको अपेक्षा राखे।

​कार्यक्रमको सहजीकरण गोल्डकपका मिडिया तथा सचिवालय प्रमुख हिमाल खरेलले गरेका थिए। भोलिको विजेताले महिला फुटबलकै सर्वाधिक राशि ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ सहित आकर्षक ट्रफी प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार