समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

झरीको प्रवाह नगरी मन्त्री मगर पानी प्रशोधन केन्द्रको निरीक्षणमा

काठमाडौँ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आज झरीको प्रवाह नगरी काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षणमा गएकी छन्।

विज्ञापन (Advertisement)Advertisement

उनले उक्त प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने समेत स्पष्ट पारेकी छिन्। उनले भनिन्, ‘प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब आउने माघभित्रै गर्छौं उद्घाटन हुने मिति तय हुन्छ। प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माणलगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्छ।’

२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ। प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ।

प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने र सोही ईनर्जीबाट उक्त आयोजनाको ३० प्रतिशत सञ्चालन गर्न सकिने पनि उनले स्पष्ट पारिन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)