हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ९ महिना अगाडि

टी–२० विश्वकप छनोटमा नेपाल र यूएईबीच आज निर्णायक भिडन्त

असोज २६, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

Advertisement

नेपाल र यूएई दुवै टोली दुई–दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेका छन्। खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ।

Advertisement

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल र यूएईबीच अहिलेसम्म १० पटक सामना भइसकेको छ, जसमा दुवै टोलीले पाँच–पाँच खेल जितेका छन्।

यस प्रतियोगितामा एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रका नौ टोली सहभागी छन्। समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान, तथा समूह ‘सी’ बाट ओमान र सामोआ सुपर सिक्समा पुगेका हुन्।

सुपर सिक्स चरणपछि शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालले शुक्रबार जापानलाई पाँच विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पूरा गरेको थियो।

नेपालका ओपनर आसिफ शेखले ३८ रन, गुलशन झाले अविजित २८ रन, र कप्तान रोहित पौडेलले १८ रन जोडेका थिए।
बलिङतर्फ सन्दीप लामिछाने र गुलशन झाले दुई–दुई विकेट लिएका थिए।

जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाएका थिए।अब नेपालले आजको खेल जिते विश्वकप नजिक पुर्‍याउनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)