हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ठुलो परिमाणको लागुऔषधसहित एक जना पक्राउ

देवेन्द्रकिशोर ढुंगाना बिर्तामोड । सुनसरी प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक जना कारोवारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले लागुऔषध सहित कारोवारीलाई पक्राउ गरेको हो ।

Advertisement

धरान १५ को गणतन्त्र बस्ती बस्ने ३७ वर्षिय राजकुमार चौधरीले आफ्नो घरमा लागुऔषध लुकाएको भन्ने सूचनाको आधारमा प्रहरीले उनको कोठामा खानतलासी गर्दा उनको कोठामा टिनको बाकस माथि रहेको उफर भत्र लुकाई राखेको अवस्थामा स्पामो प्रोक्सीभन प्लस ३ हजार क्याप्सुल फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

ठुलो मात्रामा लागुऔषध सहित पक्राउ परेका राजकुमार चौधरीलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)