हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डेउडाको विरही भाकामा ‘जन्मथलो कर्णाली’ (भिडियोसहित)

विदेशिएपछि थाहा हुन्छ, जन्मथलोको माया र सम्झना । स्वदेशको यादले पिरोलिँदाको पलहरु शब्दमा वर्णन गरिसाध्य हुन्नन् । तर सर्जक धनराज वास्तविकले यस्तै पीडालाई शब्दमा उनेका छन् । गीतमा आफू जन्मेको गाउँघर, वन पाखा, खोला झरनाको सम्झनामा विरक्तिएका परदेशीको विरहलाई समेटिएको छ ।

Advertisement

पश्चिम नेपालमा प्रचलित डेउडाका विभिन्न भाका छन् । यसमध्ये ठाडी भाका विरही भावहरु पोखिने भाका हो । सञ्चारकर्मीसमेत रहेका वास्तविकको शब्दहरु यही ठाडी भाकामा लयवद्ध छन् । गीतमा तपेन्द्र भण्डाराको स्वर रहेको छ । लय संकलन सुरेश शाहीको हो ।

Advertisement

कर्णाली प्रदेशको पहिचानलाई देश तथा विदेशमा चिनाउने उद्देश्यले समेत तयार पारिएको गीतको भिडियो कर्णाली सन्देशको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)