हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ

देवेन्द्र आलोक/न्यूज डेक्स बिर्तामोड,झापा । दमक नगरपालिका १ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ।

Advertisement

मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा जुवा खेलिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

Advertisement

जुवा खालबाट भद्रपुर नगरपालिका-७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर ९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर १० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका १ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह नगरपालिका-५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका-४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका ३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, मोरङको ग्रामथान-४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान- ५ का ४२ वर्षीय नैनकुमार चौधरी र ग्रामथान-६ का ४४ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको थापाले बताए।

त्यस्तै‚ मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे १ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका ११ का २१ वर्षीय निशान पोखरेल, दमक ७ का ४९ वर्षीय कर्ण राई, सोही ठाउँका ४० वर्षीय राजन दाहाल र दमक-३ का ३४ वर्षीय विनोद थेबे रहेको डिएसपी थापाले जानकारी दिए।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)