हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता १२ महिना अगाडि

देवेन्द्रका मुक्तकहरु

– देवेन्द्रकिशोर ढुङगाना

Advertisement

१, गठबन्धन
छिर्के दाउ
लंगि लगाएर
रुन्चे र पानी मरुबाहरुले खेल्ने
बिचित्रको खेल ।

Advertisement

२, लमतन्न समय
पाखण्डीहरुको
तानातानमा
अर्ध मुर्छित
जसले हानो
त्यसले जानो ।

३, फुत्किएको माछो
अब दिनहरु
गन्ति गरेर बस
डाँडा पारी
घाम डुब्नै लाग्यो।

४, चियाको वाफसंग
फोहरी खेलको बाजी थापेर
मनहरुको कौडामा असल्ल
कालो पंजाले डामेको
हाम्रा आस्था माथी
बलात अनुभूतिमै
रम्ने हामी
कायरन नै हौ ।

५, बाढले मन भत्कायो
उन्मुक्ति हुन
स्वतन्त्रताको चाबुकले
मुर्छित पाइलाहरु
स्खलित भएर फैलियो ।

६, आज भाेलि
गठबन्धन -तालमेल
शब्द संजालभरी
छरपष्ट भएर
घिनलाग्दाे,
ढिट् लाग्दाे र
भद्दा नि:शब्द
औसीको काल रात्रीमा
चुक घोप्टिए झै
पोखिएको छ ।

७, बाच्नुको अर्थमा
कित्तामा बाडेर इच्छाहरु
पारी डाँडाको
सेलाउन लागेको
घामलाई औठाले च्यापेर
बलजफ्ती-
कुण्ठा-घृणा
अहंकार अस्वीकार
ब्यभिचार लाचार
भएर
हामी निहत्था
आत्मसमर्पणमा कैद भयौ l

८, हामीभित्र
धमिराले घर लगायो
यत्रतत्र
बौलाहाहरुको घुइचो
दुर्घटना असम्भाबी।

९, सरापित मनहरु
डामिएका छायाले
हाम्राआस्था माथी
घात गरेर
चरित्रको कन्तबिजोग।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)