हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धरान संखुवासभा सरोकार समाज द्वारा फुड बैकलाई चामल हस्तान्तरण

हल्दिबारी सम्वाददाता – कमला भट्टराई
धरान संखुवासभा सरोकार समाज, धरान सुनसरी द्वारा अाज मिति २०७७/०२/०३ गते शनिबार , समितिका सम्पूर्ण पदाधिकारी तथा समिति सदस्यहरुको उपस्थितिमा धरान उपमहानगरपालिका ले संचालन गरेको खाध्य बैंक (food bank) लाई ३०० के.जि. बास्मति चामल हस्तान्तरण गरेको छ ।

Advertisement

संस्थाले अाफ्नो छोटो स्थापना समय बाट नै महत्त्वपूर्ण सामाजिक कार्य हरु सम्पादन गर्दै अाईरहेको तथा CoVID-19 कोरोना द्वारा पनि विश्वमा सृजित समस्या तथा त्यसले अाम व्यक्तिमा पारेको पुर्ण असर र लकडाउनमा रहनुपर्ने अवस्थालाई मध्यनजर राख्दै यस उपमहानगरपालिका भित्र पनि भोकको अवस्था उत्पन्न नहोस् भन्नका खातिर अत्यन्तै सानो प्रयास स्वरुप यसप्रकारको खाध्य सामग्री हस्तान्तरण गरिएको छ ।

Advertisement

संस्थाको तर्फबाट संरक्षक, अध्यक्ष, सचिव, स-सचिव लगायत सदस्यहरुको उपस्थितिमा धरान उप महानगरपालिका को उपमेयर श्रीमती मन्जु भण्डारी ज्युलाई खाध्य सामग्री चामल हस्तान्तरण गरिएको थियोे । जस अवसरमा संस्थाको बारेमा छोटो मिठो भनाइ सचिव श्री इन्दु नेपाल योन्जन ज्युले राख्नुभएको थियो भने Food bank को तर्फबाट उपमेयर श्रीमती मन्जु भण्डारी ज्यु द्वारा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)