समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नक्कली स्मार्ट लाइसेन्स गिरोह पक्राउ

  काठमाडौं । काठमाडौमा नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह फेला परेको छ । प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको टोलीले काठमाडौको न्युरोडमा रहेको फोटो कन्र्सनमा स्माट लाइसेन्स बनाउने गरेको थाहा पाएपछि संलग्नहरुलाई पक्राउ गरेको हो ।

   पक्राउ पर्नेहरुमा दिपक ब्लोन, बुद्धी बहादुर रोक्का, अनन्ता गुरुङ, अशोक कार्की, मोहन यादब र कुमार तण्डुकार रहेका छन् । तण्डुकार कन्सर्न फोटो स्टुडियोका सञ्चालक हुन् ।प्रहरीले नक्कली लाइसेन्स ३० हजारमा किनवेच हुने गरेको समेत पत्ता लगाएको छ ।

विज्ञापन (Advertisement)Advertisement

    काठमाडौको न्युरोडमा रहेको फोटो कन्र्सन प्रा।लिबाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको र फोटो कन्सर्न प्रा.लि. ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको पाएपछि स्टुडियो सञ्चालकसहितलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख शहकुल थापाले जानकारी दिए ,पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौ पठाइएको महाशाखाले जनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)