हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल निर्माण सम्पन्न

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी/कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित थियो चितवनको जलबीरेमा नयाँ पुल निर्माण भएको छ। पुल बनेपछि घुम्ती सीधा मात्रै भएन, सडकसमेत २६५ मिटर छोटिएको अनलाइन खबरले लेखेको छ।

Advertisement

गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको छ। नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक-दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो। पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो। रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो। पुलमा तीनवटा स्पान छन्।

Advertisement

मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ। माडी अयोध्याका लागि भगवान राम-सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ। जलबीरेको घुम्तीमाथि चर्चित जलबीरे झरना पर्दछ। अहिले सवारी हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्किङ वा वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)