हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, अदालतको फैसलाबारे औपचारिक धारणा बनाउने

काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकले सर्वोच्चको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउनेछ ।

Advertisement

सोमबार बसेको बैठकले सर्वोच्च अदालतको फैसला कल्पना बाहिरको भए पनि कार्यान्यवन गर्ने निर्णय गरेको थियो ।

Advertisement

उक्त बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको थियो । यसबारे औपचारिक धारणा बनाउन आज फेरि बैठक बोलाइएको हो ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)