स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक सेन्टरमा पुगेर देउवाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । तर, देउवाले ओलीलाई भेट्न भने पाएनन् । एपेन्डिसाइटिसको अप्रेसनपछि ओलीलाई भेट्न कसैलाई पनि दिइएको छैन ।

विज्ञापन (Advertisement)Advertisement

अस्पताल पुगेर फर्केपछि देउवाले फेसबुकमा लेखेका छन्

” शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको स्वास्थ अवस्थाका बारेमा आज अस्पताल पुगेर जानकारी लिएँ।चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ।म उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।”

ओलीको स्वास्थ्यबारे उपचारमा संलग्न चिकित्सकहरुले देउवालाई जानकारी गराएका थिए । ‘ओलीजीको स्वास्थ्यमा सुधार आएको र अहिले उहाँ बोल्न थाल्नुभएको जानकारी डाक्टरले गराए,’ देउवाले भने । चुनावी सभामा सहभागी भएर काठमाडौं फर्केलगत्तै देउवा ओलीलाई भेट्न अस्पताल पुगेका थिए ।

 

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)