हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल पक्षलाई ओलीको अल्टिमेटमः २ दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी फुट्यो भनेर बुझ्नुहोस्

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर सोमवार साँझसम्म फिर्ता गर्न अल्टिमेटम दिएका छन् । दुई दिनभित्र हस्ताक्षर फिर्ता नगरिए त्यो पार्टी फुटको घोषणासरह मानिने ओलीको चेतावनी छ ।

Advertisement

शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता नगरिए पार्टी एकता नहुने चेतावनी दिएका हुन् । ‘यदि दुईदिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेस नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने छुट एमालेका सदस्यलाई छैन । यो कुरा किमार्थ स्वीकार्न सकिँदैन । त्यसो गर्नु पार्टी फुटको घोषणा गरेसरह हुन्छ,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

Advertisement

पार्टी एकताका लागि आफू प्रतिबद्ध भए पनि देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता अनिवार्य रहेको ओलीले बताए । एमाले केन्द्रीय कमिटीको बैठकले सोमवार साँझसम्म हस्ताक्षर फिर्ता गर्न आग्रह गर्दै त्यो हस्ताक्षरको वैधता नभएको बारे सम्बद्ध पक्षहरूलाई जानकारी गराउने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले असार २१ गते साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिनका लागि आग्रह गरिएको जानकारी दिए । तोकिएको समयमा हस्ताक्षर फिर्ता नगरे के हुन्छ भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले त्यसै बेला निर्णय हुने बताए ।

केन्द्रीय कमिटीको बैठक शनिवार दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । शुक्रवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । बैठकलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिइए दुवै पक्षलाई मान्य हुने गरी एकता गर्ने बताएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)