हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेप्से ०.५६ अंकले बढ्दा ५ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजार १ अंकभन्दा कमको वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकमा बन्द भएको छ ।

Advertisement

नेप्से सँगैं ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सुचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ अंकमा बन्द भएको छ । बजारलाइ लिड गर्ने बैंकिङ उपसूचक ०.१९ प्रतिशतले ओरालो लाग्दा, व्यापार, होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचकमा गिरावट आएको छ ।

Advertisement

यता उत्पादन उपसूचक १.७८ पतिशत, वित्त कम्पनी उपसूचक १.१८ प्रतिशत र हइड्रोपावर उपसूचक १.२२ प्रतिशतले बढेको छ । यस्तैं निर्जीवन बिमा, विकास बैंक, लगानी र म्युचुअल फन्ड उपसूचक पनि सामान्य बढेको छ ।

बजार परिसूचक स्थिरजस्तै रहँदा सवा ५ अर्ब माथिको कारोबार भएको छ । १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजारको कारोबार भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)