समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पत्रकारले जे देख्छन्, त्यहि लेख्ने अधिकार हुुनुपर्छ :कांग्रेसका वरिष्ठ नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस बाहेक अन्य राजनीतिक दलले देशको रक्षा गर्न नसक्ने ठोकुवा गरेका छन्।

सम्पूर्ण जातजाती, भाषा, धर्म, सम्प्रदाय राष्ट्रियताको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउँदै उनले यस्तो दाबी गरेका हुन्। राजधानीको भृकुटिमण्डव स्थित रत्नराज्य क्याम्पस (आरआर) मा शनिबार झापा क्षेत्र नम्बर ३(काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

विज्ञापन (Advertisement)Advertisement

समाज कहिलेकाही गलत बाटामो जान सक्ने बताउँदै नेता सिटौलाले राजनीतिक दलका नेताले सहि बाटोमा हिडाउन भूमिका खेल्नुपर्ने बताए। उनले भने, ‘हाम्रो एकता नै बल हो। राजनीतिक दल र जनताबीचको एकताबाट देश बन्छ। कहिले समाजले बाटो बिराउन सक्छ। कहिले राजनीतिक दलले बाटो बिराउन सक्छन्।

त्यसैले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। सबैको भावनाको कदर गर्दै सबैको भावनाको प्रतिनिधित्वलाई ध्यानमा राखेर राजनीतिक दलले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’ सबैलाई मिलाएर अगाडि जानुपर्छ भन्ने विचार कांग्रेस भएको बताउँदै उनले भने,‘लोकतन्त्र जनताको अधिकार हो। हामीले संविधानमा समाजवादउन्मुख शासन व्यवस्था भनेका छौं।

जनताका सम्पूर्ण अधिकारलाई स्थापित गर्नको लागि लोकतन्त्र आवश्यक हुन्छ। राजनीतिक अधिकार दिएर मात्रै जनता र देश सम्पन्न बन्न सक्दैन। पछि परेका, पछि पारिएका र गरिब जनतालाई राजनीतिक अधिकारसँगै आर्थिक मजबुदीको पनि व्यवस्था गर्नुपर्छ। त्यो व्यवस्था लोकतान्त्रीक समाजवादमा हुन्छ।’ प्रेस स्वतन्त्रता र सक्षम, न्यायिक र निश्पक्ष अदालतको वकालत गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउँदै नेता सिटौलाले भने,‘पत्रकारले जे देख्छन्, त्यहि लेख्ने अधिकार हुुनुपर्छ।

न्यालयलाई स्वतन्त्र र निष्पक्ष राख्नुपर्छ। यो नेपाली कांग्रेसको मुख्य लक्ष्य हो। नेकपाले यस्तो गर्दैन। कम्युनिष्ट विचारअनुसारको समाजवादमा प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका हुँदैन। विभग, विचार र क्षमतालाई समेत स्वतन्त्रता चाहिन्छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सदस्य रेवतीरमण नेपाल, नेपाली कांग्रेस झापा—काठमाडौं सम्पर्क समितिका सभापति दिपक उप्रेती, क्षेत्र नम्बर ३ का सभापति निरज सिटौला, सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषध्यक्ष खेम प्रसाईंले आफ्ना कुराहरू राखेका थिए। कार्यक्रमको सहजिकरण सम्पर्क समितिका सचिव श्यामबाबु सिटौलाले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)