हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पहिलोपटक नेपालमा अपाङ्ग प्रतिभा ( डिफरेन्टली एबल ट्यालेन्ट )अवार्ड २०२० हुने

 काठमार्डौ स्नेपालमा पहिलोपटक डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा ( डिफरेन्टली एबल ट्यालेन्ट )अवार्ड २०२० हुने भएको हो ।दिव्यज्योती फाउन्डेसन नेपाल र र्चिल्डेन गार्डेन एकेडेमिको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्य ले जानकारी दिए ।

Advertisement

शाक्यका अनुसार लकडाउन खुलेको १५ दिन पछीबाट आवेदन खुल्ला गरिने छ भने सातवटै प्रदेशका मुख्य मुख्य सहरहरु विर्तामोड,ईटहरी,जनकपुर,चितवन,पोखरा,बुटवल नेपालगंज ,धनगडी बाट फरक क्षमता भएका विभिन्न बिधाका प्रतिभाहरु छनौट गरी काठमाडौंमा फाइनल कार्यक्रम आयोजना हुने छ ।

Advertisement

 

 

जुनसुकै उमेर र प्रतिभा भएका अपाङ्गहरुले आफुमा भएका विभिन्न प्रतिभाहरु जस्तै स्नृत्य,गायन ,चित्रकला ,हस्तकला,आविस्कार,जादु तथा संगीतिक कला प्रस्तुत गर्न सक्ने उनले बताइन। अपाङ्ग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वानसमेत गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)