झापा । फिफा वर्ल्ड कप क्वालीफायरको युरोपेली चरणमा आज इटली, फ्रान्स र स्विट्जरल्याण्डले आ-आफ्नो म्याच जितेका छन्।

ग्रुप डी-मा फ्रान्सले युक्रेनलाई २-० ले पराजित गर्यो। माइकल ओलिसले १०औं र कीलियन एम्बाप्पेले ८२औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जीत दिलाए। अर्को म्याचमा आइसल्याण्डले अजरबैजानलाई ५-० ले हरायो। इसाक बर्गमेन जोहानेसनले दुई गोल गरेका थिए। यसरी फ्रान्स र आइसल्याण्ड ३-३ पोइन्टसको साथ ग्रुपको शीर्ष स्थानमा छन्।

ग्रुप आई-मा इटलीले एस्टोनियामाथि ५-० को ठूलो जित निकाल्यो। मातेओ रेटेगुईले दुई गोल गरे भने मोइस कीन, गियाकोमो रासपाडोरी र अलेसान्द्रो बास्तोनीले थप गोल गरे। यसै समूहमा इज्रायलले मोल्डोवामाथि ४-० ले जित हासिल गर्यो। नर्वे चार म्याचमा १२ पोइन्टसको साथ शीर्ष स्थानमा रहेको छ।

ग्रुप बी-मा स्विट्जरल्याण्डले कोसोवोलाई ४-० ले हरायो। ब्रील एम्बोलोले २५औं र ४५औं मिनेटमा दुई गोल गरे। स्वीडेन र स्लोभेनियाबीचको म्याच २-२ को बराबरीमा समाप्त भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार