समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बागलुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।

नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ ।

विज्ञापन (Advertisement)Advertisement

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)