बिर्तामोड नगरपालिकाका २ वटा वडामा बाल क्लब गठन गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बाल मैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो ।
वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारि वडा बाल क्लब गठन भएको छ ।
११ सदस्यीय वडा बाल क्लबको समितीको उपाध्यक्षमा उपाध्यक्ष मनिता राई,सचिब निज्रा मेचे ,सह-सचिब शुभास अधिकारी,कोषाध्यक्ष प्रशंसा मोक्तान रहेका छन् ।
यस्तै समितिको सदस्यहरुमा निरज पोख्रेल ,प्रज्वल कट्टुवाल ,सेबुका सार्की ,नियम ओलि ,सम्राट ढकाल,मनोज आचार्य सर्वसम्मत चयन भएका छन् ।
वडाध्यक्ष सुर्यकुमार कङ्दन्वा प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जीवन बास्कोटाले गरेका थिए । वडा सचिव रुपमान थलङ्गले कार्यक्रमको संचालन गरेका थिए ।
यस्तै वडा नम्बर ९ मा पनि सुसान अधिकारीको अध्यक्षतामा गठित बाल क्लबको उपाध्यक्षमा रोश्नी मिश्र,सचिब प्रतीक चौलागाईं ,सह-सचिब मनिशा लामा र कोषाध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
यस्तै क्लबको सदस्यहरुमा युवराज राजबंशी ,रिदिमा तामाङ,गरिमा कामती ,सुपल किस्कु र गोबिन्द श्रेष्ठ चयन भएको वडा सचिब सुभाष कुमार बि.क ले जानकारी दिए ।
वडाध्यक्ष हरिप्रसाद चौलागाईंको अध्यक्षता रहेको कार्यक्रममा सदस्य केशब बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

















