हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिहीबार रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । कोरोना भाइरसको महामारी बढेपछि सरकारले बिहीबार रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् । दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ ।

Advertisement

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ । मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गर्ने निर्णय गरेको थियो । आन्तरिक उडान २० गतेदेखि नै बन्द भएका छन् ।

Advertisement

नियमित उडान बन्द भए पनि चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने, जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)