समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

बुट्टाबारी गोल्ड कप : बेलबारी र रेडहर्सबीच आज क्वाटरफाइनल भिडन्त

बिर्तामोड । चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब, मोरङ र रेडहर्स फुटबल क्लब, इलाम आमनेसामने हुँदैछन्।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ। आजको खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा हिजो आयोजक बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी हात पार्नेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने तय गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)