समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बैशाखमा अपांग प्रतिभा अवार्ड २०२० हुँदै

 काठमाडौ । फरक क्षमता भएका अपांगहरुका लागि लक्षित गरेर अपांग प्रतिभा ( डिफरेन्टली एबलड टेलेन्ट) अवार्ड २०२० संचालन हुने भएको छ। दिव्यज्योती फाउन्डेसन नेपालको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेलले जानकारी दिएका छन ।

पौडेलका अनुसार बैशाख महिनामा आवेदन खुल्ला गरिने छ भने सातवटै प्रदेशबाट फरक क्षमता भएका विभिन्न बिधाका टेलेन्टहरु छनौट गरि काठमाडौमा फाइनल कार्यक्रमको आयोजना हुने छ । बैशाखबाट आबेदन अनलाइन मार्फत खुल्ला हुने छ भने मिडियाबाट कार्यक्रमको बारेमा जानकारी समेत हुने छ । जुनसुकै उमेर र प्रतिभा भएका अपांगहरुले आफ्नो कला प्रस्तुत गर्न सक्ने छ्न ।

विज्ञापन (Advertisement)Advertisement

बिस्वमै पहिलो पल्ट हुने अपांग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वान समेत गरेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)