हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतले नेपालमा प्रतिबन्ध लगाएको प्याज निर्यात साढे ३ महिनापछि हटायो

न्यूज व्यूरो- चन्द्रगढी। भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध साढे ३ महिनापछि हटाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तर्गतको वाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

Advertisement

निर्णयको कार्यान्वयन भने जनवरी २०२१ बाट लागू हुने विभागले जानकारी दिएको छ । उत्पादन कम भइ आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । आयातमा प्रतिबन्ध हटाएसँगै नेपाली बजारमा पनि प्याजको मूल्य सस्तो हुनेछ। भारतले प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको भाउ पाँच गुणासम्मले वृद्धि भएको थियो । प्रतिकेजी ३० रुपैयाँ रहेको प्याजको मूल्य १५० रुपैयाँसम्म बिक्री भएको थियो भने हाल बजारमा प्याजको मूल्य १२० रुपैयाँ छ ।

Advertisement

भारतले प्रतिबन्ध लगाएपछि चीनबाट समेत प्याजको आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गर्छ। भन्सार विभागको तथ्यांकअनुसार भारत र चीनबाट वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात आयात हुने गर्छ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि प्याजका लागि भारतमै निर्भर बन्नुपरेको छ व्यवसायीका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब १ करोड ७० लाख रुपैयाँ बराबरको २७० टन प्याज खपत हुन्छ । तर, होटल व्यवसायमा मन्दी आएकाले अहिले भने खपत कम छ। यसमध्ये कालिमाटीमा ७० टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० टन प्याजको कारोबार हुन्छ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)