शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भ्रमण बर्ष २०२० :हल्दिवारीका घुम्नै पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य

  हल्दिवारी गाउँपालिका भित्र घुम्नै पर्ने पौराणिक तथा रमणीय स्थानहरु मध्ये भेलागुढी सिमसार तथा सहिद स्मारक पार्क एक हो । झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट ३ किलोमीटर पश्चिम् तथा व्यापारीक केन्द्र विर्तामोडबाट ७.५ किलोमीटरको दुरिमा रहेको यो क्षेत्र रमणीय र लोभलाग्दो रहेको हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन बताउनु हुन्छ ।

विज्ञापन (Advertisement)Advertisement

यश क्षेत्रको बिकास गरि आन्तरिक तथा बाह्र पर्यटनलाई यहाँ ल्याउन गाउँपालिका पुर्वधार बिकासका कार्यक्रम सहिद अगाडि बडेको देख्न सकिन्छ । हल्दिवारी गाउँपालिका तथा परदेश सरकारको सहयोगमा हाल अति सम्पन्न सभाहल, भ्युटावर ,पोखरी ,सहिद स्मारक पार्कको काम धमाधम संचालन भइ रहेकोे र समयमा नै सकिने गापा उपाध्यक्ष डम्बर बहादुर गिरि बताउनु हुन्छ। उपाध्यक्ष गिरिका अनुसार यहाको पुर्वधार सकिदा यो स्थान पुर्वकै हेर्न लायक गन्तव्यमा पर्ने छ ।

भेलागुढी सामुदायिक बन उपभोक्ता समुहको ९१.५ हेक्टर जमिनलाई पर्यटकिय गन्तव्यको रूपमा गाउँ पालिकाले नीति तथा कार्यक्रम मार्फत नै काम अगाडि बढाएकोले पनि यसलाई हल्दिवारी गाउँपालिकाको गौरवको आयोजनाको रूपमा हेरिएको गाउँपालिका सुचना अधिकृत राजन न्यौपाने बताउनु हुन्छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाई रहदा गाउँपालिकाले पनि हल्दिवारी गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय ठाउँहरुको बिकास साथै आन्तरिक तथा बाह्र पर्यटकलाई ल्याउने बाताबरण मिलाउन सक्नु नितान्त आवश्यक छ।

हाल भेलागुढी सिमसार क्षेत्रमा दैनिक जस्तो पिकनिक खानेहरुको भिड देखिन्छ भने सनिवार त दसौं हजार आउने गरेको वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङहाङ बताउनु हुन्छ । आन्तरिक पर्यटकहरुको शुरुमै गन्तव्य बनिसकेको यश ठाउँलाई प्रचारप्रसार गरि पर्यटन बर्ष २०२० लाई सफल पार्न सबैको सहयोग र सहकार्य नितान्त आवस्यक देखिन्छ । ” फेरि पनि घुम्न जाउ हल्दिवारी गाउँ “ भन्ने नारालाई सार्थक बनाउन सम्बन्धित निकायले पर्यटकका लागि अति आवश्यक पर्न ,सौचालय तथा होटलको व्यवस्था हुन जरुरी छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)