समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मन्त्री परिषद हेरफेर ( नाम सहित )

काठमाडौ। प्रधानमन्त्री केपी ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन्।

एक स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिइने छ । त्यस्तै भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

विज्ञापन (Advertisement)Advertisement

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ। महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ।

भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन। यस्तै विमला राईलाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहने बताईएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)