हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

“महाराज! रिसानी माफ होस्”

“महाराज! रिसानी माफ होस्”

Advertisement

पापीहरूको भिडमा उभिएर
एक थोपा न्यायको लागि
म चिच्याइरहेको छु।
महाराज! रिसानी माफ होस्
हजुरका पाल्तु कुकुरहरू
किन आँखा भएर पनि देख्दैनन् ?
कान भएर पनि किन सुन्दैनन् ?
मुख भएर पनि किन बोल्दैनन्?

Advertisement

महाराज ! भनि बक्सियोस्।
म कहिलेसम्म ति पापीहरूको
गुणगान गाएर बसिरहौँ ?
देखेर पनि देखिन भन्नु भन्दा
सुनेर पनि सुनिन भन्नु भन्दा
महाराज!
बरु मेरा आँखाहरू फोरी बक्सियोस्
कानहरू फुटाई बक्सियोस्
जिब्रोहरू काटी बक्सियोस्

महाराज! रिसानी माफ होस्
तपाईँका पाल्तु कुकुरहरूलाई
मासु भात खुवाएर
कहिलेसम्म पाली रहुँ महाराज ?

जुँगामा ताल ताउ लगाउँदै
महाराज भन्नुहुन्छ
” के गर्छौ ए ! मूर्ख बालक
ति सबै मेरो बफादार कुकुरहरु हुन्
म बाहेक अरु कसैलाई देख्दैनन्
यी मूर्ख बालक ! तिनलाई नचलाऊ
भुँडी फुटुन्जेल नखाए सम्म उठ्नै सक्दैनन्”!

✍ याम दंगाल सरोवर
झापा, नेपाल
२०८१/०९/०५

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)