हल्दिबारी गाउँपालिका को गौरवको आयोजना नव निर्मित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्क हल्दिबारी २ मा आज ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) हल्दिबारी माक्र्सवाद अध्यान केन्द्र को बिस्तारित प्रथम वैठक सम्पन्न भएको छ ।
सो बैठक ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) हल्दिबारीका अध्यक्ष अबिषेक खतिवडा को अध्यक्षतामा र झापा जिल्ला आइ सि डि सदस्य तथा हल्दिबारी इन्चार्ज बलराम गिरी को प्रमुख आतिथ्य मा विभिन्न एजेन्डा मा छलफल गरि सम्पन्न गरिएको थियो ।
कार्यक्रम मा अध्यक्ष खतिवडा ले अब आइ सि डि हल्दिबारी गाउँकमिटी ले विभिन्न रचनात्मक ,सामाजिक साथै युबा नेतृत्वदायी भुमिका खेल्दै अगाडि बढने र आफू र आफ्नो टिम ले प्रदेश ,जिल्ला ,क्षेत्र नगर/गाउँपालिका मा आफू ले र आफ्नो टिम ले गर्नु पर्ने सहयोग हर बखत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
उहाँ ले थप्दै आइ सि टि तपाईं हामी लाई एउटा प्रत्यक्ष रुपमा अवसर भएर आएको हुनाले यो अवसर नगुमाउन समेत अनुरोध गर्नु भएको छ ।
केही समय मै सैयौ बिद्यार्थी लाई संगठन मा आवद्द गराएर यो संस्था अहिले प्रदेश ,जिल्ला ,क्षेत्र हुँदै हल्दिबारीमा पनि निकै चर्चामा छ । उक्त बैठकको संचालन हल्दिबारी गाउँ कमिटी सचिब बिजय राइ ले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















