हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई जरिवाना

बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमणबाट बच्नको लागि मास्क प्रयोग गर्न अनुरोध गरिएको भए पनि अटेर गरि मास्क प्रयोग नगरी बजारमा हिँडडुल गर्ने, व्यवसाय सञ्चालन गर्ने, सवारी चलाउने चालक लगायतलाई नियन्त्रणमा लिई जरिवाना गरिएको मिश्रले बताए ।

Advertisement

पक्राउ परेका सबैलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत प्रति व्यक्ति एक सय जरिवाना गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)