हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ महिना अगाडि

मेची क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय महिला क्रिकेटको रौनक, पहिलो खेलमा सिलिगुडी विजयी

भद्रपुर, झापा । झापाको भद्रपुरस्थित मेची क्रिकेट मैदानमा ‘नेपाल–भारत महिला मैत्रीपूर्ण टी-२० कप २०२६’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चैत ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालको एक र भारतका दुई गरी कुल तीनवटा टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक मिलन क्रिकेट क्लब झापा र भारतको दून हेरिटेज सिलिगुडीबीच प्रतिस्पर्धा भएको थियो, जसमा सिलिगुडीले जित हात पार्दै सुखद सुरुवात गरेको छ।

Advertisement

​खराब मौसमका कारण ओभर घटाइएको आजको खेल १२ ओभरमा सीमित गरिएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको दून हेरिटेज सिलिगुडीले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर ६५ रनको योगफल तयार पारेको थियो। सिलिगुडीका लागि ह्याप्पी सरकारले विष्फोटक ब्याटिङ गर्दै ३८ रनको योगदान दिइन्। ६६ रनको विजयी लक्ष्य पछ्याएको मिलन क्रिकेट क्लब झापाले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा ५४ रन मात्र जोड्न सक्यो। परिणामस्वरूप सिलिगुडीले ११ रनले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

Advertisement

​खेलको उत्कृष्ट प्रदर्शन गरेकी विजयी टोलीकी ह्याप्पी सरकार ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। भोलिको खेल बिहीबार दिउँसो १ बजेदेखि मेची क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ। भोलिको प्रतिस्पर्धामा भारतकै अल्पाइन स्पोर्टिङ क्लब सिक्किम र आजको विजेता टोली दून हेरिटेज सिलिगुडीबीच भिडन्त हुनेछ। सीमावर्ती क्षेत्रका महिला क्रिकेट खेलाडीहरूको प्रतिभा उजागर गर्न र दुई देशबीचको खेल सम्बन्ध सुधार गर्न यो प्रतियोगिता आयोजना गरिएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)