हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रङ :नवराज पराजुली

रङ

Advertisement

म कलर ब्लाइण्ड हुँ।
मेरा अाँखाले केही रङहरु देख्दैनन्। चिन्दैनन्।

Advertisement

जस्तै: सानामा साँझपख क्यारेमबोर्ड खेल्दा,मैले कालो गोटी भन्ने लागेर सुरुतिरै रानी(Queen)लाई स्ट्राइकरले हानेर प्वालमा छिराएको छु ।अनि त्यसको फाईन परेर खेल हारेको छु। क्रिमरोल बाजि हारेको छु। चाउचाउ बाजि हारेको छु।

म क्यारामबोर्ड खेल्नमा एकदमै पोख्त थिएँ। तर रङले हराइदियो।

रङले बालापनमा मलाई खुब हराएको छ ।

पानी परेर धुम्म परेको बेला वा साँझमा म सजिलै गरि ट्राफिक लाईट छुट्याउन सक्दिनँ।कुन रातो हो कुन पहेँलो,हरियो,तिरमिर तिरमिर देख्छु।यताउता हेर्छु,अरु मोटरसाइकल कुदाउनेले जे गर्छन्,त्यसैको तरिका चोर्छु।तर कैलेकाहिँ फँसेर ट्राफिक पुलिसले पकड्नुभएको छ । नमिठो गाली गर्नुभएकोछ।

म मोटरसाइकल कुदाउनमा पोख्त थिएँ। तर रङले गर्दा गाली खान्छु।

रङले जवान हुँदा मलाई खुब हराएको छ।

स्कुलमा म शिक्षक हुँदा कति ठाउँमा रातो ले हस्ताक्षर गरेको छु,जहाँ गर्नुहुन्नथ्यो। रङले गर्दा म माथि मान्छेहरु हाँसेको छन्।

म पढाउनमा पोख्त थिएँ। तर रङले गर्दा हाँसोको पात्र भएको छ।

रङले जागिरमा हुँदा खुब हराएको छ।

मान्झेले लगाएको लुगालाई कत्तिचोटी तारिफ गरेको छु,अर्कै रङ भनेर। तारिफपछि खुब खिन्न भएको छु। रङले गर्दा राम्रो चिताएर भनेको पनि नराम्ररी पुगेको छु।

म तारिफ गर्नमा पोख्त थिएँ। तर रङले गर्दा कमजोर बनेँ।

जीवनमा रङ राम्ररी चिन्न नसकेकोमा अाफ्नो चिनारी नै नराम्ररी बिग्रिएको छ।

आज मैले मेरो रङ भेटेको छु। मलाई आफ्नै घाँटी दुख्नेगरि चिच्याएर भन्न मन छ,” यो मेरो रङ हो।”

निर्धक्स स्ट्राइकरले ताकेर भन्न मन छ,” यो मेरो गोटीको रङ हो।”

मोटरसाइकल कुदाउने अरु मान्छेलाई नहेरि भन्न मन छ,” यो मेरो बाटोको रङ हो।”

हरेक खाली ठाउँमा हस्ताक्षर गरेर लेख्न मन छ, “यो मेरो अावाजका अक्षरको रङ हो।”

लुगालाई देखाएर भन्न मन छ,” यो छातीको बुट्टापछाडि मेरो मुटुको रङ छ।”

मलाई त ऐल्यै चिच्याउन मन छ,” यो मेरो रङ हो।”

तर यसपटक हार्न मन छैन।

म कलर ब्लाइन्ड हुँ।

(फेसबुकबाट सापटी )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)