समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विर्तामोड खानेपानीमा जलकुमार गुरुङको प्रजातान्त्रिक समूह अत्यधिक मतले बिजयी

 विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको हिजो सम्पन्न निर्वाचनको मत परिणाम अनुसार जलकुमार गुरुङको नेतृत्वमा प्रजातान्त्रिक समुहका उमेरद्दार हरु अत्यधिक मत अन्तरले बिजयी भएका छ्न ।
खानेपानी निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदम लोकतान्त्रिक समुहका जलकुमार गुरुङले १७०४ मत प्राप्त गर्दै बिजयी भएका छ्न भने उनका प्रतिद्वन्दी प्रगतिशील समुहका ज्ञानु प्रसाईले ९२० मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा पर्शुराम सिटौला ,सचिव मेघराज बास्तोला,कोषाध्यक्ष शारदा रिजाल ,खुल्ला सदस्य देवेन्द्र सिटौला र पारसमणी मैनाली ,महिला सदस्य मायादेवी प्रधान ,सितादेवी काफ्ले तथा बालादेवी खरेल बिजयी भएका छ्न ।
लोकतान्त्रिक तथा प्रगतिशील उम्मेद्बारहरुले प्राप्त मत यस प्रकार रहेको छ।

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)