स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विर्तामोड १० मा स्वास्थ्य शिविर सम्पन्न 

विर्तामोड १० स्थित चमरधाप प्राविको प्राङ्गणमा विद्यार्थी ,अभिभावक र शिक्षकका लागि एक दिवसीय निशुल्क स्वास्थ्य जाच औसधि बितरण र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन (Advertisement)Advertisement

उक्त शिविरमा ३ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए ।वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङको सभापतित्वमा सम्पन्न शिविर निशुल्क चेकजाँचका साथै औषधि बितरण गरिएको थियो भने चमरधाप विद्यालयका विद्यार्थीहरुलाई खेलकुदका सामाग्री ,टोपि ,तुथप्रेस ,ब्रस लगायत सामाग्री बितरण गरिएको बताइएको छ ।
रोटरी क्लब अफ विर्तामोड ,Terry Mikeska Foundation,विर्तामोड नगरपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको विर्तामोडबाट कृस्ण प्रसाद पोखरेलले जानकारी दिएका छ्न ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)