अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनल मेस्सीले ब्राजिली स्टार नेमार अझै पनि विश्वका सर्वश्रेष्ठ खेलाडीमध्ये एक रहेको बताउँदै आगामी फिफा विश्वकपमा उनलाई मैदानमा देख्ने आशा व्यक्त गरेका छन्।

मेस्सीका अनुसार विश्वकपमा सधैं उत्कृष्ट खेलाडीहरू हुनुपर्छ र नेमारको उपस्थिति फुटबल खेल र ब्राजिल दुवैका लागि निकै महत्त्वपूर्ण छ। बार्सिलोना र पीएसजीमा लामो समय सँगै खेलेका मेस्सीले नेमारसँगको गहिरो मित्रताका कारण आफू यस विषयमा निष्पक्ष रहन कठिन हुने तर नेमारमा अझै पनि खेलको नतिजा बदल्न सक्ने अद्भुत क्षमता रहेको बताएका छन्।

​मेस्सीले अर्जेन्टिनाका लागि यसपटक विश्वकपको उपाधि रक्षा गर्नु चुनौतीपूर्ण हुने स्वीकार गर्दै स्पेन, फ्रान्स र ब्राजिललाई प्रमुख दाबेदारका रूपमा हेरेका छन्। सन् २०२३ अक्टोबरमा उरुग्वेविरुद्धको खेलमा गम्भीर चोट लागेपछि नेमार राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन्।

चोटका कारण पछिल्लो समय कमै मात्र मैदानमा देखिएका नेमार चाँडै लयमा फर्किएर विश्वकप खेल्नेमा मेस्सीले विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार