हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वैदेशिक रोजगारबाट फर्किएका हल्दिवारीका शाहले शुरुगरे मोटरसाइकल ग्यारेज

जलथल ,१७ बैशाख । हल्दिवारी – २ वैदेशिक रोजगारीबाट फर्किएका युवा राजकिशोर शाहले २० लाखको लागतमा सुबिधा सप्पन्न मोटरसाइकल तथा टेम्पू ग्यारेज शुरु गरेका छ्न ।

Advertisement

अब मोटरसाइकल तथा टेम्पू बिगि्ए सुलभ मुल्यमा आफ्नै ठाउँमा बनाउन सकिने छ। शाहका अनुसार समय र पैसाको समेत बचत हुने छ ।

Advertisement

जुनसुकै मोटरसाइकल ,टेम्पू को सर्भिस तथा मोटरसाइकलको रिकन्डिसनको समेत व्यवस्था मिलाईएको छ। न्यु हल्दिवारी मोटरसाइकल ,टेम्पो तथा रिकण्डिसन हाउस मार्फत शुरु भएको शाहको व्यवसायमा उनि सहित ७ जना युवाहरुले रोजगारी समेत पाएका छ्न ।

वैदेशिक रोजगारीका क्रममा १० बर्ष युएई बिताएका युवा शाह देसमै रोजगारी सिर्जना गरि आफ्नो परिवार ,समाज र देस बनाउन युवाहरूलाई सल्लाह दिन्छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)