हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

व्यक्तिको खातामा राखेको रकम बैंक प्रबन्धकबाटै अपचलन

काठमाडौं, असार २२ । नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाले आर्थिक अनियमितता गरेको तथ्य बाहिर आएको छ। शाखा प्रबन्धक कोइरालाले व्यक्तिगत टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ आफ्नो खातामा सारेर मासेको पाइएको छ।

Advertisement

तत्कालीन शाखा प्रबन्धक कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्य गरी भ्रष्टाचारजन्य कार्य गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा परेको थियो।

Advertisement

अख्तियारको अनुसन्धानमा नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाई समेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजर ९विद्युतिय माध्यम०को दुरुपयोग गरेका थिए।

शाखा प्रबन्धक कोइरालाविरुद्ध नेपाल सरकारकोसमेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)