समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

शक्तिशाली बम बिस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु

                 धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ । गम्भीर घाइत दाहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

प्रहरी कार्यालय धुनषाका अनुसार दाहाललाई शनिबार बिहान  डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ ।

विज्ञापन (Advertisement)Advertisement

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)