हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शिर्षक : ” सस्मित सपना “

मेरा अनन्त यात्राको दौरान
द्रष्टव्य विहीन भए गन्तव्य,

Advertisement

कैयन सस्मित सपनाहरू
मनमनै लेख्दै जांँदै गर्दथ्यें,

Advertisement

अन्तरको श्वेत पानाहरुमा
भावनाको स्याही पोखिँदा,

आँशुले श्यामली हरफहरू
कहिल्यै म पखाल्दीन थ्यें,

ताराहरु मा प्रतिबिम्बित भै
मुस्काउँथ्ये अनन्त नयनहरू,

सिमाहीन भै अति शुन्यतामा
विलीन हुन्थ्ये अभिलाषाहरु,

स्मृतिका ती चरणपादुकामा
जब की कारुणिकता हुन्थ्यो,

असिमता भाँति भै हाल्दथ्ये
मेरा सारा लघु सिमाको मेल,

तब देख्थ्यें म उनको देवत्व
अनी सारा दिव्यताको खेल,

त्यै जीवनको त्यो विरानमा
हरित स्वप्निल आकांक्षाहरू,

निराकार को प्रकार लाई म
मनले मुर्तरुप दिन चाहन्थ्यें,

तथापि अभ्यासको क्रमांक
कैले भंग हुनदिन चाहन्नथ्यें,

किन कलुषित भयो बिचार?
कर्कश नहोस कैले मन्तव्य,

मेरा अन्तर यात्राको दौरान
द्रष्टव्य विहीन भए गन्तव्य,

कैयन सस्मित सपनाहरू
मनमनै लेख्दै जांँदै गर्दथ्यें।

“दयानन्द गौस्वामि “

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)