समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

शिवसताक्षीमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

 झापा । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मु छन्।आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको अभियोग मुर्मुमाथि लगाइएको छ।

घरायसी विवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवगन्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

विज्ञापन (Advertisement)Advertisement

छुरा प्रहारबाट गम्भीर घाइते भएकी तारामई हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)