हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शेयर बजार कारोबारमा नयाँ ‘रेकर्ड

शेयर बजारमा आइतबार पुनस् नयाँ रेकर्ड कायम भएको छ । एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरको चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।

Advertisement

नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।आज व्यापार, उत्पादन, माइक्रोफाइनान्स, लगानी र अरू समूहबाहेकका समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक दुई सय ५५ दशमलव २५ अङ्कले बढेको छ ।

Advertisement

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।यस्तै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडलगायत १६ कम्पनीको शेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)