साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सगरमाथाको काखमा बसेर अरुलाई रुवाउने हामी मान्छे :प्रलाद सिलवाल

ढुङ्गे युगबाट विकसित भइ आयौँ आजका हामी मान्छे ,

काँचोकचिलो खान छाडि पकाएर खान जान्ने हामी मान्छे ।

विज्ञापन (Advertisement)Advertisement

गौतम बुद्धका उपदेश छाडेर दानवीरुप देखाउने हामी मान्छे ,

हातेमालो गरेर हिड्न छाडि बाधाहरु उब्जाउने हामी मान्छे ।

परिश्रम गरी अगि बढ्नेमाथि इर्ष्या र डाह गर्ने हामी मान्छे ,

मेहनतले कमाएको धन सम्पत्तिमा राल काड्ने हामी मान्छे ।

निःस्वार्थ समाजको भलो गर्नेमाथि आरोप लाउने हामी मान्छे,

उच्चतम शिखरमा पुगेर अर्काको विनाश गर्ने हामी मान्छे ।

शान्ति भूमिमा जन्मिएर तिरस्कार र वहिस्कार गर्ने हामी मान्छे,

सगरमाथाको काखमा बसेर अरुलाई रुवाउने हामी मान्छे ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)