हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सभामुख सापकोटा गरे एमसीसी बढाउने संकेत ?

काठमाडौं, । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा अगाडि बढाउने संकेत गरेका छन् । उनले एमसीसीबारे राष्ट्रिय सहमतिमा समेत जोड दिएका छन् ।

‘एमसीसीमा तटस्थ ढंगले अध्ययन गरिरहेको छु,’ आज कार्यकक्षमा पत्रकार भेटघाटमा उनले भने, ‘यसमा राष्ट्रिय सहमति होस् भन्ने चाहन्छु ।’ जनताको घरदैलोमा पुगेको विषय भएकाले एमसीसी अगाडि बढाउनेमा राष्ट्रिय सहमतिको चाहना व्यक्त गरे ।

Advertisement

एमसीसी प्रतिनिधि सभामा अगाडि बढ्ने संकेत गर्दै उनले सकेसम्म राष्ट्रिय सहमति, त्यसो नभए संसदमा भएका दलहरुबीच् सहमति र त्यो पनि नभए सत्ता गठबन्ध्नमा रहेका दलहरुबीच सहमतिमा जोड दिए । एमसीसीबारे आम जनताको चासो रहेकाले पनि विषय गम्भीर भएको बताए ।

Advertisement

वर्तमान सरकारले एमसीसी प्रतिनिधि सभामा पारित गराउनका लागि बढाउने तयारी गरिरहेको छ । तर, एमसीसीबारे प्रष्ट पार्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनौती दिइरहेको छ । कतिपय दलहरुबाट एमसीसीबारे फरक खाले धारणाहरु आउने गरेका छन् । यसले एमसीसीलाई नेताहरुले राजनीतिक अस्त्र बनाइरहेको सन्देश प्रवाह भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)