झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ५:३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–९ का २५ वर्षीय भुपाल अधिकारी र मोटरसाइकलमा सवार हालसम्म पहिचान नखुलेका करिब २५–२६ वर्षका एक पुरुष गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ६:१५ बजे दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक दुवैको शव सोही अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार