हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सवारी साधनको किस्ता स्थगन र व्याज मिनाह गर्न व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सवारी कागजात ढिलाईमा लाग्ने जरिवाना नलिन माग गरेको छ।विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को असर नेपालमा पनि पर्दै गएको यस विषम परिस्थितीका यसको प्रतक्ष्य असर नेपालको यातायात क्षेत्रमा परेको भन्दै नेपालका यातायात व्यवसायीहरुले लाखौँ रुपैँया बैँक तथा वित्तिय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको मार नेपाल र यातायात क्षेत्रमा पर्नु स्वभाविक हो ।

Advertisement

यस अवस्थामा सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबैखाले परिस्थितीको अन्त्य नभएसम्म व्याज मिनाहको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछु महासचिव सरोज सिटौलाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । ।

Advertisement

नेपाल सरकारले चैत १० गतेदेखि २१ गतेसम्म देशभर सञ्चालित सार्वजनिक सवारी साधन आवागमनमा रोक लगाएका कारण कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न सकिरहेको अवस्था छैन, विमा रकम भुक्तानी गर्न सकेका छैनन् । सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवना नगर्ने व्यवस्था र विमा फेलको अवस्थालाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु

त्यसैगरी लकडाउनको समयमा अत्यावश्यक सामाग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खाना समेत खान नपाएको अवस्था छ । त्यसैले सरकारले यातायात मजदूर कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दछु । साथै, अत्यावश्यक यातायातका चालक, सहचालक तथा मजदूर कर्मचारीलाई स्वास्थ्य उपकरण सहज ढंगबाट मिलाउन पनि माग गरीएको छ ।

यस विषम परिस्थितीमा सरकारले दिएको निर्देशन पालना गर्दै घरभित्र बस्न सम्पूर्ण देशभरीका यातायात व्यवसायी, मजदूर, कर्मचारीलाई हार्दिक आग्रह गरीएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)