विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सहकारीमा पनि बैंकको जस्तै  तीन लाखसम्म बचत सुरक्षण हुने

बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो ।

हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थालाई मात्र सेवा दिइरहेको छ । कोषले बैंकमा रहेको तीन लाख रुपैयाँसम्म निक्षेपका साथै बैंकहरुको साना तथा मझौलाका साथै लघु कर्जाको सुरक्षण गर्दै आएको छ । सहकारीमा जोखिम बढेसँगै साना बचतकर्तालाई सुरक्षित गर्न सरकारले सहकारी ऐनमार्फत बैंकमा जस्तै सुरक्षणको अवधारणा ल्याएको हो । यो समाचार आजको कारोबार दैनिकममा छ 

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)