हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सागको छैटौं दिन आज१९ खेलमा प्रतिस्पर्धा हुँदै

१३औं दक्षिण एसियाली खेलकुदको छैटौं दिन आज सुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङ खेल हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ ।

Advertisement

कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा छ । नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ । भारत ६४ स्वर्णसहित शीर्ष स्थानमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)