समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सिद्धबाबा थप तीन दिन हिरासतमा

काठमाडौँ । जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो ।

विज्ञापन (Advertisement)Advertisement

अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ । अदालतले दिएको अनुमति अवधिभर गिरी उपचारको क्रममा अस्पतालमै बसेका छन् ।

गत कात्तिक ४ गते आफ्नै अनुयायीलाई बलात्कार गरेको भन्दै सुनसरी प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)