हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा

काठमाडौँ। स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

Advertisement

३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन्। भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए। सन् २०१० को विश्वकप उपाधि स्पेनलाई जिताउन भिल्लाको भूमिका विशेष थियो। उनी स्पेनले २००८ मा युरोपक जित्दाका पनि मुख्य खेलाडी थिए। घरेलु क्लब बार्सिलोनाबाछ २०१० देखि २०१३ सम्म खेलेका भिल्लाले त्यहाँ पनि आफ्नो बलियो छाप छाडे।

Advertisement

बार्सिलोनालाई उनले दुई पटक स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि पनि जिताए। २०१३ देखि २०१४ सम्म एक सिजन एट्लेटिको म्याड्रिडबाट खेलेका भिल्लाले त्यसपछि सन् २०१८ सम्म न्युयोर्क सिटीबाट ब्यवसायिक फुटबल खेले। उनी पछिल्लो समय जापानी क्लब भिसेल कोवेमा आवद्ध थिए।

आफुले फुटबलमा सकेजति गरेको र फुटबलले पनि आफुलाई धेरै दिएको भिल्लाले बताएका छन्। ‘म पहिल्यै देखि सन्न्यास लिने सोचमा थिए । मेरालागि सक्रिय खेलबाट बिदा हुने उपयुक्त समय यही हो,’ भिल्लाले भनेका छन्। एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)