हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ। बिहिबार नेप्से परिसूचक ४४.९४ अंकले घटेको हो। बजार २५५४.१३ विन्दुमा अडिएको छ।

Advertisement

परिसूचकमा गिरावट आउँदा कारोबार पनि कम भएको छ। बिहिबार ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ। कारोबारमा आएका सबै समूह ओरालो लागेको छ। सबैभन्दा धेरै गिरावट आउनेमा जीवन वीमातर्फका कम्पनी रहेका छन्।

Advertisement

आज सबैभन्दा बढी कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रहेको छ। बिहिबार यस बैंकको ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य भने आज ५ सय ४३ रुपैयाँ रहेको छ। दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)