हल्दिबारी, असार ३ । हल्दिबारी गाउँपालिकाका ४ ओटा विद्यालयलाई वातावरण संरक्षण केन्द्र नेपालले स्वच्छ खानेपानी फिल्टर प्लान्ट उपलव्ध गराएको छ । हल्दिबारी ४ का पुर्व वडा सदस्य, नेकपा एमालेका हल्दिबारीका उपाध्यक्ष महेशलाल मेचेको पहल कदमीमा करिब ३० लाख मुल्य बराबरको खानेपानी फिल्टर प्लान्ट हल्दिबारीका चार विद्यालयले प्राप्त गरेका छन् ।

स्वच्छ खानेपानी खुवाउँने उदेश्यीयले पुर्व जनप्रतिनिधि समेत रहेका मेचेले हल्दिबारी मा.वि., जन जागृति मा.वि., महेन्द्र मा.वि. र चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयलाई उत्त प्लान्ट विद्यालयमै पुगि हस्तान्तरण गरेका छन् । सिंगापुरमा रहेको भि एण्ड भि एडभाइजरि सर्भिसेसको आर्थिक सहयोगमा झापाका विभिन्न विद्यालयहरुमा वातावरण संरक्षण केन्द्र नेपालले प्लान्ट जडान गर्दै आएको संस्थाका झापा प्रतिनिधि अमर मेचेले बताएका छन् ।

हल्दिबारी मा.वि.का प्रधान अध्यापक टंक बहादुर पार्खिन, जनजागृतिका विद्यालय ब्यवस्थापन अध्यक्ष सरोज राई, महेन्द्र मा.वि. का प्रधान अध्यापक चक्र बहादुर बस्नेत र चिल्ड्रेन ग्राडेनका प्रिन्सिपल दुर्गा गौतमलाई विद्यालयमै पुर्व जनप्रतिनिधि समेत रहेका महेशलाल मेचे र संस्थाका झापा प्रतिनिधि अमर मेचेले हस्तान्तरण गर्नु भएको छ । बातावरण संरक्षण केन्द्र नेपालका प्रविधिकहरुले आजै देखि प्लान्ट जडान कार्य सुरु गरेका छन् भने तिन दिन भित्रमा जडान गरि सकिने झापा प्रतिनिधि मेचेले जानकारी दिएका छन् । उक्त प्लान्ट जडान पछि प्रत्येक विद्यालयका १५०० विद्यार्थीलाई स्वच्छ खानेपानी खुवाउन सकिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3

+1
5

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार